अफगानिस्तानमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध
एजेन्सी । अफगानिस्तानको तालिवान समूहद्वारा आफ्नो मुलुकमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ। अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा उल्लेख्य तनाव वृद्धि भएपछि तालिवानले अफगानिस्तानमा पाकिस्तानी रुपैयाँको प्रयोगमा प्रतिबन्ध लगाएको हो।
अफगान समाचार संस्था खामा प्रेसका अनुसार पाकिस्तानी मुद्रामाथिको प्रतिबन्ध अक्टोबर १ तारिख शनिबारदेखि लागू भएको छ। तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी रुपैयाँको प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्धित गरिएको घोषणा गरेको छ।
यो आदेश तालिवानको सम्पत्ति शुद्धिकरण ‘एन्टी मनी लाउन्ड्रिङ’ शाखाले मनी एक्सचेन्ज एशोसिएशनलाई जानकारी गराएको थियो। यस आदेश अनुसार, स्थानान्तरण, व्यापार र मुद्रा विनिमय सहित सबै वित्तीय लेनदेनहरूलाई सीमित मात्र नगरी निषेधित गरिएको छ। प्रतिवेदनमा मुद्रा सटही डिलरलाई पाँच लाख रुपैयाँभन्दा बढीको कारोबार गर्न प्रतिबन्ध लगाइएको उल्लेख छ।
तोकिएको रकमभन्दा बढी रकम फेला परेमा डिलरलाई कानुनी कारबाही हुन सक्छ। गत वर्षको अगष्टमा तालिवानले सत्ता कब्जा गरेयता दुई देशबीचको सम्बन्धमा विभिन्न कारणले तिक्तता आएको छ, जसमा बढ्दो सीमा सङ्घर्ष र पाकिस्तानमा प्रतिबन्धित तेहरीक–ए–तालिवान पाकिस्तान (टीटीपी) को पुनः उदय पनि समावेश छ।
हालै तालिवानले पाकिस्तानले भूपरिवेष्टित देशमा आफ्नो हवाई क्षेत्र अमेरिकी ड्रोनले प्रयोग गर्न अनुमति दिएको आरोप लगाएको थियो। अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणका लागि अनुमति दिए बापत पाकिस्तानले ठूलो रकम प्राप्त गरेको तालिवान समूहले दाबी गरेको छ।
जुलाई ३१ मा, संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा एक सटीक प्रतिआतंकवाद आक्रमण गरेको थियो जसमा ओसामा बिन लादेनका सहायक र अल–कायदाका नेताको उत्तराधिकारी अयमान अल–जवाहिरीको मृत्यु भएको थियो।
यसैबीच, पाकिस्तानले टीटीपीले आक्रमण पुनः सुरु गर्नुमा तालिवान शासनलाई दोषी ठहर्याएको छ जसले देशको सुरक्षा स्थितिलाई अझ खराब बनाएको छ। पाकिस्तानमा यो वर्ष एकै महिनामा सबैभन्दा धेरै आतंकवादी घटना सेप्टेम्बरमा भएको सञ्चारमाध्यमले जनाएका छन्।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam