हवाइ उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु
सिमकोट : रक्तश्रावले चार दिनदेखि छटपटाइरहेकी गर्भवतीको हवाइ उद्धार हुन नसक्दा मृत्यु भएको छ।
खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको मृत्यु भएको हो।
जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले अधिक रक्तश्रावका कारण छन्त्यालको मृत्यु भएको बताइन्।
उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो ।
मौसम सुधार नभएका कारण हेलिकप्टर पुनः सुर्खेतमै फिर्ता भएको थियो।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam