गुमेको भूमि फिर्ता ल्याउने कुरा गर्दा प्रधानमन्त्री देउवाको मन दुखेको छ : अध्यक्ष ओली
सुर्खेत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको गुमेको भूमि फिर्ता ल्याउने कुरा गर्दा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मन दुखेको जिकिर गर्नुभएकाे छ ।
आज आइतवार वीरेन्द्रनगरमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको भूमि फिर्ता ल्याउने कुरा गर्दा देउवाकाे मन दुखेको बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘देशको गुमेको भूमि फिर्ता ल्याउँछौँ भन्दा किन तपाईँलाई खलल पसिना आउने, किन चित्त दुख्ने शेरबहादुरजी ? गुमेको भूमि फिर्ता ल्याउँछौँ भन्दा उहाँको चित्त दुखेको छ ।’
कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई पाँच पल्ट प्रधानमन्त्री भएर गरेको एउटा काम देखाउन प्रश्न गर्नुभयो । ‘पाँच पल्ट प्रधानमन्त्री भएर के गर्नुभयो ? एउटामात्र काम देखाइदिनुस् । आफ्ना लागि गर्नु भयो होला, देशका लागि के गर्नु भयो भन्नुस् ?’। उहाँले भन्नुभयो । उहाँले एमालेले गरेको काम हेर्न प्रधानमन्त्री देउवालाई दायाँ–बायाँ, अगाडि–पछाडि हेर्न पनि आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले देश निर्माण गर्न सुदृढ राष्ट्रिय शक्ति चाहिएको भन्दै त्यो एमाले मात्र रहेको दाबी गर्नुभयाे । विकास गर्ने पार्टी एमाले भएकाे जिकिर गर्दै उहाँले गठबन्धन स्वार्थका लागिमात्र भएको बताउनुभयाे ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam