स्राेत नखुलेकाे झण्डै १४ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

काठमाण्डाै – स्राेत नखुलेकाे झण्डै १४ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेकाे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको नगद १३ लाख ८९ हजार रुपैयाँ सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार काठमाण्डौबाट विराटनगर जान लागेका भारतीय नागरिक अकबाल अलीलाई विमानस्थलबाट पक्राउ गरिएको हाे । बरामद भएको रकमबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ । 

TOP