काठमाडौं : मंगलबार पहाडी भू–भागमा मौसम आंशिक बदली रहेको छ। बाँकी स्थानमा मौसम मौसम सामान्यतया सफा रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।
तराई-मधेशका जिल्लामा भने बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ। तर घाम लागेपछि यो हट्दै जानेछ। केही समययता चिसो बढेकाले यसबाट बच्न विशेषगरी बिहान र बेलुकी विशेष ध्यान दिन मौसमविदले सुझाव दिएका छन्।
दिउँसो प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् नगरकोटीले बताइन्।
बिहान काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam