विजयनगरमा हरितालिका तीजको अवसर पारि भव्यरुपमा मेला सम्पन्न

कपिलवस्तु
भदौँ १६ गते
नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा भब्य मेला सम्पन्न भएको छ । आज जताततै हरितालिका तीज हर्षोउल्लासका साथ मनाईरहेको बेला तीजको अवसरमा विजयनगर गाउँपालिकाको वडा नं. ६ प्रेमनगरमा विशेष व्यवस्थापनका साथ भव्यरुपमा तीज मेला सम्पन्न भएको शृजनशील युवा क्लबका अध्यक्ष अग्नी सापकोटाले जानकारी दिनु भएको छ ।
संस्कृतिक नाँचगान, मनोरञ्जन कार्यक्रम गरी दिन भरी यो चाड मनाइएको सापकोटाले बताउनु भयो । साथै मेला हेर्न आउने दर्शकहरुका लागि प्रभु बैँकले पानीको सौजन्य गरेको सापकोटाले बताउनु भयो । हजारौँ ब्रतालु तथा दर्शकहरुको भीड लागेको थियो ।

तीज पर्व दिदीबहिनीबीच सुख, दुःख साट्ने र केही दिन भए पनि गीत गाउँदै र नाच्दै आफ्ना दुःख पीडा र व्यस्तता भुल्ने पर्व हो । तीजका नाममा एक महिनादेखि तडकभडक देखाउने, अनावश्यक खर्च गर्ने प्रवृत्तिले यो विकृतिमय बन्दै गएको छ, मौलिक गीत हराउँदै उत्ताउला गीत गाउन थालिएको छ । प्रचलित जनविश्वास अनुसार हिमालयकी पुत्री पार्वतीले आफ्ना पति भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकामा उक्त दिन यही हरितालिका तीजको दिन रहेको थियो ।
तीजको ब्रत बसी महिलाहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । यस महिला बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर जल, अन्न ग्रहण नगरी ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । देशभरमा शिवालयहरुमा महिला ब्रतालुको ठूलो भीड लागेको थियो ।
मानिसका ‘गला र मादल’, तीजमा साउण्ड सिष्टमको प्रयोगले संस्कृतीमा आएको परिवर्तनको कारण तीज पर्व पनि आधुनिकता तर्फ उन्मुख भएको छ । महिला दिदीविहिनीहरुको महान पर्व तीज हरेक बर्ष आधुनिकता तर्फ उन्मुख भएको हो । पहिले पहिले तीज गीत आफै गीत गाएर र मादल बजाएर गाइने गरिन्थ्यो भने आजभोली साउण्ड सिष्टमको प्रयोग व्यापक मात्रामा गर्न थालिएको छ ।
म्युजिक ट्रया्क बजाएर तीज पर्व मनाउने चलन पछिल्लो समय कपिलवस्तुमा पनि बढेको छ । यसले मौलिकता बोकेको तीज हराउदै जाने त होइन भन्ने चिन्ता बुढापाकाहरुको छ । गत बर्षहरुमा तीजको दिन साउण्ड सिष्टमको प्रयोग गरेरै नाचगान हुदै आएकोमा यस बर्षपनि पुनः त्यहि दोहोरिएको छ ।
गाउँघर चारैतिर विद्यु्त पुगेको र बजारमा दिनप्रतिदिन सयौ गीत आउने गरेको कारण साउण्ड सिष्टमको प्रयोग बढेको हो । कपिलवस्तु बनगाईकी ७५ बर्षिया सिता विष्टले पुराना दिनमा मनाइने तीज र अहिले मनाइने तीजमा धर्ति आकाशको जति फरक भेटेको बताउनुहुन्छ । तीज मौलिकता बोकेको पर्व भएकोले यसको जगेर्ना गर्दै जानुपर्नेमा नागरिक अगुवाको माग छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


