काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को अन्तिम नतिजा बुधबार घोषणा गर्दै छ। आयोग परिसरमा दिउँसो १ बजेपछि अन्तिम नतिजा घोषणा गर्ने जनाइएको हो।
यससँगै आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने बताएको छ। बिहीबार नै आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गर्नेछ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गत मंसिर ४ गते सम्पन्न भएको थियो। संघीय संसद्को प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। सात प्रदेशमा ३३० सदस्य प्रत्यक्ष र २२० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन्।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam