नक्सा र बजेटबारे छलफल गर्न आज र भोली काँग्रेसको बैठक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने कार्यक्रम तय भएको कांग्रेस स्रोतले जनाएको छ ।
बैठकमा संविधान संशोधन र बजेटका बारेमा छलफल हुनेछ । यस्तै समसामयिक राजनीतिक घटनाक्रमले पनि बैठकमा प्रवेश पाउने भएको छ ।
यसैविच , कांग्रेस केन्द्रीय समितिको बैठक भने भोली वस्ने भएको छ । भोली दिउसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुनेछ ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…


