बालुवाटारमा प्रधानमन्त्री, गृहमन्त्री र राप्रपा अध्यक्षबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड, गृहमन्त्री लामिछाने र अध्यक्ष लिङदेनबीच भेटवार्ता जारी रहेको गृहमन्त्रीका प्रेस संयोजक प्रकाश सिग्देलले जानकारी दिए। उनीहरुबीच मन्त्रीमण्डल विस्तार, सरकारका साझा कार्यक्रमलगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरिरहेका छन्।
उनले विश्वासको मत अगाडि दलहरुलाई सहमतिमा ल्याउने प्रयास गरिरहेका छन्। प्रधानमन्त्री प्रचण्डले बुधबारै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam