उपराष्ट्रपति निर्वाचनको तयारी पूरा
काठमाडौं : निर्वाचन आयोगले शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनको तयारी पूरा भएको जनाएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वविवेक प्रयोग गरी मतदान गर्न निर्वाचक मण्डलका सदस्यहरूलाई आग्रह गरेका छन्।
आयोगले अहिले मौन अवधि रहेको र मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार नगर्न पनि स्मरण गराएको छ। आयोगले सञ्चारमाध्यमलाई पनि जीत/हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य नगर्न पनि आयोगले आग्रह गरेको छ।
शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। निर्वाचनमा सत्ता गठबन्धनबाट तीन जना उम्मेदवार छन् ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam