बागमतीमा आलोपालो मुख्यमन्त्री लिने शर्तमा कांग्रेसले विश्वासको मत दिने
काठमाडौं : नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ।
कांग्रेस बागमती प्रदेश संसदीय दलको काठमाडौंमा बसेको बैठकले चैत १० गते बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिए।
बागमती प्रदेशको ठूलो दल कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने पार्टी भित्र दबाब रहे पनि तत्कालका लागि अरू विषय पछि सहमति गर्ने गरी विश्वासको मत दिने निर्णय गरिएको लामाले बताए। उनका अनुसार बागमती सरकारको नेतृत्वमा आलोपालो हुनेछ।
तर त्यसमा सहमति भने भइनसकेको उनले बताए। प्रदेशसभामा मूख्यमन्त्री जम्कट्टेलले बुधबार विश्वासको मत लिने तयारी गरेका थिए। कांग्रेसका सांसदहरू काठमाडौं आएपछि प्रदेशसभा बैठक चैत १० गतेसम्मका लागि स्थगित भएको छ ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam