चीनद्वारा प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण
९ मंसिर, चीन : चीनले प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण गरेको छ।
चीनले दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्राविधिक प्रयोगात्मक उपग्रह अन्तरिक्षमा पठाएको हो।
स्याटेलाइट इन्टरनेट टेक्नोलोजीका लागि प्रयोग गरिएको उपग्रह त्यहाँको समयअनुसार हिजो साँझ ६ बजे प्रक्षेपण गरिएको थियो। लङ मार्च–२ डी बाहक रकेटद्वारा उपग्रह सफलतापूर्वक आफ्नो कक्षमा प्रवेश गरेको हो।
यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ४९८औँ मिशन हो। यो लङ मार्च–२ डी क्यारियर रकेटको ८४ औं मिशन पनि हो।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam