चितवनमा १० महिनापछि देखियो कोरोना
२ माघ, चितवन : चितवनमा १० महिनापछि कोरोना देखिएको छ। भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतवार र आज (मंगलवार) गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो।
निमोनियाका कारण उपचारका लागि अस्पताल आएका वृद्धलाई परीक्षणका क्रममा कोरोना भएको पुष्टी भएपछि अस्पतालमै राखी उपचार शुरु गरिएको सूचना अधिकारी पौडेलले बताए। साथै २९ वर्षे पुरुषलाई होम आइसोलेसनमा राखिएको उनको भनाइ छ।
जिल्लामा १० महिनापछि पुनः कोरोना देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्। चितवनमा पछिल्लो पटक गत चैतमा कोरोना देखिएको थियो।
कोरोना देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। कार्यालयले कोरोनाबाट बच्न सामाजिक दुरी कायम गर्ने, मास्क प्रयोग गर्ने, साबुन पानीले हात धुनेलगायत सुझाव दिएको छ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam