डेंगुबाट एक किशोरको मृत्यु

विराटनगर
विराटनगरमा ६ दिनअघि डेंगुको संक्रमण पुष्टि भएका एक किशोरको उपचारका क्रममा मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–९ भूमि प्रशासन चोकका राजकुमार शर्माका छोरा १८ वर्षीय अविनाश शर्माको मृत्यु भएको हो । अविनाश विराटनगर–१० मा रहेका शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत थिए । काका उमेश शर्माका अनुसार अविनाशलाई यही भदौ २० गते सामान्य ज्वरो आएको थियो ।
त्यसपछि सप्तकोसी नर्सिङ होमको बहिरंग विभागमा स्वास्थ्य र ल्याब परीक्षण गराउँदा उनमा डेंगुको संक्रमण रहेको पुष्टि भएको थियो । अस्पतालका फिजिसियन डा। अरविन्द साहले अस्पतालमा भर्ना भएका साहमा डेंगुको संक्रमण पुष्टि भएको बताए ।
धरानमा पहिलो पटक बैशाख ३० गते डेंगु देखिएको हो । अहिले मुलुकका ५६ जिल्लामा यसको संक्रमण फैलिसकेको छ । प्रदेश १ मा डेंगु संक्रमितको संख्या तीन हजार नौ सय ८३ पुगिसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…


