कृष्णनगरका मेयर र मुख्यमन्त्री याेगीबीच भेटवार्ता, व्यापारिक सम्भावनामा छलफल
कृष्णनगर, ४ भदौ ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच आज लखनऊमा भेटवार्ता भएको छ। मुख्यमन्त्री निवासमा आयोजित यस भेटमा कृष्णनगर भन्सारमा इमीग्रेशन सुविधा विस्तार, नेपाल सीमा क्षेत्रसम्मको फोरलेन सडक निर्माण, तथा फ्लाईओभरको सम्भावनाबारे छलफल भएकाे जनाइएको छ ।
मेयर शाहका अनुसार यी विकास परियोजनाहरूले कृष्णनगरलाई एक प्रमुख व्यापारिक केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्नेछन्। फोरलेन सडक र फ्लाईओभरको निर्माणले सीमा क्षेत्रको आवागमनलाई सहज बनाउने र व्यापारिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
दुवै पक्षले यी योजनाहरूलाई छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जसले गर्दा कृष्णनगरको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
नेवलागञ्ज माध्यमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास
साउन २७, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २७ साउन । विजयनगर गाउँपालिका-१ स्थित माध्यमिक विद्यालय नेवलागञ्जमा चारकोठे नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको…



ghanashyam