जोए रुट बने टेस्ट क्रिकेटमा इङ्गल्यान्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी
काठमाण्डाै – जोए रुट टेस्ट क्रिकेटमा इङ्गल्यान्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् ।
मुल्तानमा चलिरहेको घरेलु टोली पाकिस्तानसँगको पहिलो टेस्टमा ७१ रन बनाउँदै रुट टेस्ट क्रिकेटमा इङ्गल्यान्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका हुन् । उनले एलेस्टर कुकलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् ।
कुकले १ सय ६१ खेलमा ३३ शतक र ५७ अर्धशतकसहित १२ हजार ४ सय ७२ रन बनाएका छन् । रुटले १ सय ४७ खेलमा ३४ शतक र ६५ अर्धशतकसहित १२ हजार ४ सय ७३ रन बनाउँदै कुकलाई पछि पारेका हुन् ।
योसँगै जोए रुट टेस्ट क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको पाँचौं स्थानमा उक्लिएका छन् । टेस्ट क्रिकेटमा भारतका सचित तेन्दुलकरले सबैभन्दा धेरै १५ हजार ९ सय २१ रन बनाएका छन् । यो सूचीको दोस्रो स्थानमा अस्ट्रेलियाका रिकी पोन्टिङ, तेस्रो स्थानमा दक्षिण अफ्रिकाका ज्याक कलिस र चौथो स्थानमा भारतकै राहुल द्रभिड छन् ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam