चार वर्षको छोरासहित हिँडेकी महिला तीन दिनदेखि बेपत्ता

काठमाडौं : काठमाडौंको हात्तीगौँडाबाट चार वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छन्। ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ९ छेर्मदिङ गुन्सा स्थायी घर भएकी ३४ वर्षीया कामी शेर्पा असोज २२ मंगलबार दिउँसो करिब १२ बजेको समयदेखि काठमाडौंको हात्तीगौडा बाँसबारीबाट साथमा चार वर्षीय छोरा सोनाम शेर्पालाई बोकेर घरबाट कोही कसैलाई नसोधी हिँडेको र हालसम्म कतै फेला नपरी बेपत्ता भएको उनका दाजु ङवाङ फुरी शेर्पाले जानकारी दिए।

उनका दाइ शेर्पाका अनुसार बेपत्ता भएकी शेर्पाले होमस्टे सञ्चालन गर्दै आएकी थिइन्। उनका श्रीमान् ट्रेकिङ गएको गएको समयमा उनी हिँडेकी र घरमा फर्की नआएको, आफन्त, स्टमित्र समेतको सम्पर्कमा नआएको हुँदा हिजो बुधबार नारायणथान प्रहरी चौकीमा निवेदनसमेत दिइसकेको ड्वाङ फुरीले बताए।

बेपत्ता बहिनी मुटुको बिरामी रहेको तर कुनै डिप्रेसन आदिको बिरामी नरहेको पनि दाजु ड्वाङ फुरीले बताए। ३/ ४ दिन भइसक्दा समेत बहिनीको बारेमा कुनै अत्तोपत्तो नलाग्दा आफूहरू एकदमै आत्तिएको उनले सुनाए।

बेपत्ता उनलाई भेट्ने वा देख्नुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा निम्न नम्बरमा सम्पर्क गरिदिनु हुनसमेत उनले अनुरोध गरेका छन्।
ङवाङ फुरी शेर्पा– दाइ 9841310094
छिरिङ शेर्पा– दाई 9841014835
छेपाल शेर्पा — दाइ 9861161388
पेमा शेर्पा– भाई 9803191335
फुरी शेर्पा–श्रीमान् 9847486255
प्रहरी चौकी नारायणथान 9851283014
इलाका प्रहरी कार्यालय खिजीफलाटे 9852840603

TOP