सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा चालकको मृत्यु
सुनसरी : तीव्र गतिको मोटरसाइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार एकजना गम्भीर घाइते भएका छन् ।
धरान उपमहानगरपालिका- ८ तीनकुनेस्थित सडक किनारमा रोकेर राखिएको प्रदेश १-०२-००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १-०३-००१ प १३२४ नम्बरको मोटरसाइकल गएराति ठोक्किँदा चालक इटहरी उपमहानगरपालिका–४ का २५ वर्षीय मञ्जिल लिम्बूको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी-५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ। उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ। थाहा खबर
काठमाडौँमा प्रहरीको स्वीप अपरेसन जारी, एक सातामा ६४० जना पक्राउ
२०८३ कार्तिक १७, मंगलवार ३:१२ गते
काठमाडौँ : काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा…



ghanashyam