एनपीएलमा आज पनि दुई खेल हुँदै
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२:३० बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेल साँझ ५ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बीच प्रतिस्पर्धा हुनेछ।
तीन खेल खेलिसकेको विराटनगरले एउटा मात्र खेल जितेको छ। आफ्नो चैाथो खेलमा विराटनगर दोस्रो जितका लागि मैदानमा उत्रने तयारी छ।
उता जनकपुर बोल्ट्सले पनि तीन खेल खेलिसक्दा एकमा हार बेहोरेको छ भने दुई खेलमा विजयी भएको छ। आज जनकपुर लगातार तेस्रो जितको खोजीमा छ।
त्यस्तै आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। अपराजित लुम्बिनी लायन्सले दुई खेलमा एक खेलमा जित निकालेको छ भने अर्को खेलमा वर्षाका कारण अङ्क बाँडेको छ।
त्यस्तै पोखरा एभेन्जर्सले दुई खेल खेलिसक्दा पनि जित निकाल्न सकेको छैन। दुई खेलमा पराजित पोखरा एभेन्जर्स तेस्रो खेलमा जित्नै पर्ने दबाबमा छ। सोमबार भएको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई हराएको थियो भने सुदूरपश्चिम रोयपल्ससँग चितवन राइनोज पराजित भएको थियो।
काठमाडौँमा प्रहरीको स्वीप अपरेसन जारी, एक सातामा ६४० जना पक्राउ
२०८३ कार्तिक १७, मंगलवार ३:१२ गते
काठमाडौँ : काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा…



ghanashyam