तीनदिने ‘अपि हिमाल पर्यटन उत्सव’ सुरु हुँदै
काठमाडौं : सुदूरपश्चिम प्रदेशकै अग्लो हिमाल अपिलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित आजदेखि तीनदिने ‘अपि हिमाल पर्यटन उत्सव’ सुरु हुँदैछ।
दार्चुलाको अपिहिमाल गाउँपालिकाले आयोजना गरेको उत्सव कार्तिक १९ गतेसम्म चल्नेछ। गाउँपालिका–१ स्थित अपि हिमाल बेसक्याम्पको पिलकन्दमा आयोजना हुने उत्सवले अपिको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुका साथै स्थानीय रोजगारी र आयआर्जनका अवसर विस्तार गर्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।
तीनदिने उत्सवमा पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि स्थानीय कला संस्कृति, क्रिकेट, भलिबल, साहित्यिक महोत्सव, योग, ध्यान र जलवायु संवादका कार्यक्रम राखिएको छ।
काठमाडौँमा प्रहरीको स्वीप अपरेसन जारी, एक सातामा ६४० जना पक्राउ
२०८३ कार्तिक १७, मंगलवार ३:१२ गते
काठमाडौँ : काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा…



ghanashyam