कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
कपिलवस्तु, कात्तिक १८ गते । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा खसीबजारमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ७ प २४४६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी स्थानीय ७० वर्षीया टीका पौडेललाई बिहान ६:१० बजेतिर ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी पौडेललाई तत्काल सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचारका लागि लगिएको थियो ।
त्यहाँबाट थप उपचारका लागि बुटवल रिफर गरिएकी पौडेलको बुटवलस्थित चौराहा अस्पतालमा उपचारका क्रममा बिहान ७:४५ बजेतिर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक सल्यानको कपुरकोट गाउँपालिका–३ निवासी २२ वर्षीय भुपबहादुर बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
-
विजयनगरमा नागरिक सुनुवाई : शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रतिबद्धता
-
नेपाल लाइफको इक्रा रेटिङ ‘AA’ मा स्तरोन्नति
-
११ मंसिरदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै
-
उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी
-
भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै, प्रधानमन्त्रीसँग पनि भेट्ने
कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
२०८३ कार्तिक १८, बुधबार ६:१३ गते
कपिलवस्तु, कात्तिक १८ गते । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा खसीबजारमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम…



ghanashyam