विजयनगरमा पनि मनाइयो धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस
घनश्याम भर
(विजयनगर) कपिलवस्तु, २२ कार्तिक ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइएको छ । गाउँपालिकाको गणेशपुर आयुर्वेद शाखाको आयोजनामा धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै वडा नम्बर ७ का अध्यक्ष चौधरीले आयुर्वेद चिकित्सा पद्धति हाम्रो मौलिक उपचार प्रणाली भएको उल्लेख गर्दै यसको संरक्षण, प्रवर्द्धन र उपयोगमा जोड दिनुपर्ने बताए । उनले स्वस्थ जीवनशैली अपनाउन सके विभिन्न रोगबाट बच्न सकिने धारणा राखे ।
त्यस्तै वडा नम्बर ३ का अध्यक्ष हृदय विकास चौधरीले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन स्वस्थकर खानपान, नियमित योग तथा व्यायामलाई प्राथमिकता दिनुपर्ने बताए । उनले आयुर्वेदिक उपचार पद्धतिको महत्त्व गाउँस्तरसम्म पुर्याउन आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा परशुराम चौधरी, रमेश्वर चाैधरीले पनि आयुर्वेद चिकित्सा पद्धति र प्राकृतिक उपचारको महत्त्वबारे आफ्नो धारणा राखेका थिए ।
धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा आयुर्वेद चिकित्सा पद्धतिको महत्त्व, स्वास्थ्यप्रति सचेतना र स्वस्थ जीवनशैली अपनाउने विषयमा जोड दिइएको छ ।
आयुर्वेद शाखाकी कर्मचारी सुकमाया गुरुङकाे स्वागत मन्तव्य र वरिष्ठ कविराज निरीक्षक बिला कुमारी चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
-
विजयनगरमा पनि मनाइयो धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस
-
महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार, सेवा प्रवाहमा सहज हुने अपेक्षा
-
१ सय २५ रक्तदाताको मानवीय योगदान, विजयनगरमा रक्तदान उत्साहजनक
-
सिटिजन लाइफद्वारा मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी
-
विजयनगरमा भाेलि रक्तदान कार्यक्रम हुँदै, रक्तदान गर्न गाउँपालिकाको आग्रह
कृष्णनगरमा २ सय ६९ घरपरिवारको वर्षौंदेखिको प्रतीक्षा पूरा
२०८३ कार्तिक १९, बिहीबार ८:३५ गते
कृष्णनगर, १९ कार्तिक । वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रमाणित गर्ने कागजातको प्रतीक्षामा रहेका कपिलवस्तुको कृष्णनगरका २ सय…



ghanashyam