विजयनगरमा पनि मनाइयो धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २२ कार्तिक ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइएको छ । गाउँपालिकाको गणेशपुर आयुर्वेद शाखाको आयोजनामा धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा नम्बर ७ का अध्यक्ष चौधरीले आयुर्वेद चिकित्सा पद्धति हाम्रो मौलिक उपचार प्रणाली भएको उल्लेख गर्दै यसको संरक्षण, प्रवर्द्धन र उपयोगमा जोड दिनुपर्ने बताए । उनले स्वस्थ जीवनशैली अपनाउन सके विभिन्न रोगबाट बच्न सकिने धारणा राखे ।

त्यस्तै वडा नम्बर ३ का अध्यक्ष हृदय विकास चौधरीले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन स्वस्थकर खानपान, नियमित योग तथा व्यायामलाई प्राथमिकता दिनुपर्ने बताए । उनले आयुर्वेदिक उपचार पद्धतिको महत्त्व गाउँस्तरसम्म पुर्‍याउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा परशुराम चौधरी, रमेश्वर चाैधरीले पनि आयुर्वेद चिकित्सा पद्धति र प्राकृतिक उपचारको महत्त्वबारे आफ्नो धारणा राखेका थिए ।

धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा आयुर्वेद चिकित्सा पद्धतिको महत्त्व, स्वास्थ्यप्रति सचेतना र स्वस्थ जीवनशैली अपनाउने विषयमा जोड दिइएको छ ।

आयुर्वेद शाखाकी कर्मचारी सुकमाया गुरुङकाे स्वागत मन्तव्य र वरिष्ठ कविराज निरीक्षक बिला कुमारी चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कृष्णनगरमा २ सय ६९ घरपरिवारको वर्षौंदेखिको प्रतीक्षा पूरा
२०८३ कार्तिक १९, बिहीबार ८:३५ गते

कृष्णनगर, १९ कार्तिक । वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रमाणित गर्ने कागजातको प्रतीक्षामा रहेका कपिलवस्तुको कृष्णनगरका २ सय…

TOP