भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नजिक
एजेन्सी, १६ असोज । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ हजार ८ सय ४ छ । अहिलेको अनुपातमा मृतक बढेमा आजै विहानभित्र संक्रमित संख्या एक लाख पुग्ने निश्चितप्रायः छ ।
भारतमा कोरोना भाइरसबाट हालसम्म ६३ लाख ९१ हजार संक्रमित भइसकेका छन् । भारत विश्वमा सर्वाधिक कोरोना संक्रमित हुने देशहरुको सूचीमा दोस्रो स्थानमा छ ।
सँसारको दोस्रो बढी जनसंख्या भएको भारतमा संक्रमण समुदायमा फैलिएको छ । भारत सरकारले केही महिना लकडाउन गरेपनि अहिले हटाएको छ । यातायात, रेल, हवाई सेवा सुचारु भइसकेका छन् । भारतको जनजीवन पूरै सामान्य नभएपनि विगतमा पनि सहज भइसकेको छ ।-तस्वीरः एजेन्सी
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…


