सोलुखुम्बुको महादेव भीरमा ट्रक दुर्घटना, तीन जनाको ज्यान गयो
सोलुखुम्बु – सोलुखुम्बुको महादेव भीरमा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
सोलु दूधकुण्ड नगरपालिका तिङ्ला बरडाँडा र नेचा सल्यान गाउँपालिकाको सिमाना महादेव भीरमा गएराति बा ४ ख ७९८० नम्बरको ट्रक दुर्घटना हुँदा चालक धादिङका कमल मगर, हेटौँडाका रामकुमार मगर र सप्तरीका कृष्ण चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिनुभयो ।
दुर्घटनामा हेटौँडाका रमेश मगर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । दूधकोशी सोलुखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री बोकेको ट्रक भीरबाट खसेको प्रहरीले जनाएको छ ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…


