सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको सुनुवाइ आज
काठमाण्डाै – सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको आज सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गएको फागुन २८ गते उनीहरुलाई सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइमा सुवेदीविरुद्ध पाँचवटा र चुडालविरुद्ध दुई वटा गरेर सात वटा उजुरी परेका छन् । चुडालविरुद्ध सरकारी जग्गा हिनामिना गरेको उजुरी परेको छ भने सुवेदीविरुद्ध योग्यताको प्रश्न उठाइएको छ । तर सर्वोच्च अदालतले सुवेदीको योग्यता पुग्ने फैसला गरेको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सुवेदीको योग्यतामा प्रश्न उठाउँदै उजुरी दिएकोमा सर्वोच्च अदालतले योग्यता पुग्ने फैसला सुनाएको हो ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…


