पौडेल पक्षको चाक्सीबारी बैठकमा को–को भए सहभागी?
भदौ ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा जारी रहेको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूले गरेको धर्ना तथा महाधिवेशनको बिषयमा बैठक केन्द्रित रहेको छलफलमा सहभागी एक नेताले बताएका छन् ।
पौडेल पक्षले महाधिवेशन नजिकिएसंगै बैठकलाई निरन्तरता दिदै आएको छ । पौडेल पक्षले यसअघि बत्तिसपुतलीमा छलफल गरेको थियो ।
आजको बैठकमा नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालासहितका नेताहरू उपस्थित रहेका छन् ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…


