कोरोनाले अड्किएका विद्यार्थीसँग सरकारले माग्यो निवेदन
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ (कोरोना भाइरस) का समयमा नेपाल आएका र बन्दाबन्दीका कारण फर्कन नपाएका विद्यार्थीलाई २४ चैतभित्र निवेदन दिन अनुरोध गरेको छ। सरकारले चीनलगायत विभिन्न देशमा उच्च शिक्षा गरिरहेका विद्यार्थीलाई निवेदन दिन सोमबार सूचना जारी गरि अनुरोध गरेका हो।
मन्त्रालयको सूचना पाटी वा वेबसाइटमा राखिएको ढाँचाअनुसार विवरण खुलाई मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेलमा निवेदन पठाउन मन्त्रालयले अनुरोध गरेको छ।

नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam