हिन्दु राष्ट्र फर्काउने र प्रदेश खारेज गर्ने राप्रपाकाे पहिलाे शर्त

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकारलाई खारेजी गर्ने कार्यनीति बनाउने निर्णय गरेको छ। साउन ५ गतेदेखि ७ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले पूर्ण समानुपातिक संसद् र जनताबाट प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको अवधारणालाई अघि सारेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

‘प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र देशमा स्थिरता कायम राख्न संविधानभित्र परिवर्तन अपरिहार्य भएको छ। वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन गर्नुपर्ने धरातलीय यथार्थ मद्देनजर गर्दै राप्रपाले पूर्ण समानुपातिक संसद् र जनताबाट प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको अवधारणालाई अघि सारेको छ’‚ उनले भने। 

विश्वव्यापी अनुभव, सफलता प्रजातान्त्रिक अभ्यास र नेपाली आवश्यकताका आधारमा अभिभावकीय संस्थाको रूपमा राजा रहने संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको पुनःस्थापना गर्न पहल गर्ने उनले बताए। 

उनले भने, ‘संघीयता होइन‚ प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था स्थापनामा राप्रपा प्रतिबद्ध छ र यी मुद्दालाई राप्रपाले आफ्नो कार्यनीति बनाउनेछ।’

TOP