चरेससहित दुई भारतीय नागरिक पक्राउ
बैतडी : लागुऔषध चरेससहित प्रहरीले बैतडीमा दुई जना भारतीय नागरिक पक्राउ गरेको छ। भारतको बिहारका २३ वर्षीय ताहिर आलम र २४ वर्षीय लालेश्वर चौधरी पक्राउ परेका हुन्।
उनीहरूलाई ५ सय मिलिग्राम चरेससहित पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
बैतडी सदरमुकाम गोठलापानीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई चरेससहित पक्राउ गरेकाे हाे। उनीहरू जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam