काठमाडाैं : भुवन केसीले चलचित्र विकास बोर्डका अध्यक्षको हैसियतमा कामकाज गर्न अवरोध हटेको छ।
केसीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले गत साउन ३० गते केसीलाई बोर्डको अध्यक्षको हैसियतमा कामकाज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।
त्यसपछि सुनुवाई रोकिएको रिटमा आज न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको हो।
आदेशसँगै केसीले अध्यक्षको हैसियतमा काम गर्न तत्कालको लागि बाटो खुलेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। साथै अदालतले यो मुद्दालाई सुनुवाईका लागि पूर्ण इजलासमा पठाउने आदेश पनि दिएको छ।
विकास बोर्डको अध्यक्षका लागि स्नातक उत्तीर्ण हुनुपर्ने व्यवस्था भए पनि केसी स्नातक उत्तीर्ण नभएको भन्दै नरेशकुमार पौड्यालसहित ५ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam