बागमतीको सभामुख चयन गर्न २८ गते निर्वाचन
हेटौंडा : बागमती प्रदेशसभाको सभामुख र उपसभामुख चयन गर्न पुस २८ र २९ गते निर्वाचन हुने भएको छ। सोमबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले सभामुख र उपसभामुख चयन गर्न पुस २८ र २९ गते निर्वाचन गर्ने सहमति गरेको हो।
सर्वदलीय सहमतिअनुसार सभामुखको निर्वाचन पुस २८ गते र उपसभामुखको २९ गते निर्वाचन गर्ने दलहरूबीच सहमति भएको छ। बैठकले निर्वाचनको लागि पुस २७ गते सभामुख र उपसभामुखको मनोनयन दर्ता तय गरेको छ।
सभामुख र उपसभामुखको निर्वाचनको प्रस्ताव प्रदेशसभा बैठकमा पेश गरेर अन्तिम रूप दिइन्छ। सभामुख र उपसभामुखको निर्वाचनपछि प्रदेश प्रमुखले सदनमा सम्बोधन गर्ने कार्यक्रम राख्ने गरी सर्वदलीय बैठकमा सहमति भएको छ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam