शेयर बजार आज पनि राताम्मे, कारोबार रकम १ अर्ब ६७ करोड रुपैयाँमा झर्याे
काठमाण्डाै – शेयर बजार आज बुधवार पनि राताम्मे भएको छ । हिजो मङ्गलवार ३२ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ३१ अङ्कले घटेर दुई हजार २५ दशमलव १२ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, व्यापार, उत्पादन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपाल र श्वेत गङ्गा हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन सबैभन्दा धेरै बलेफी हाइड्रो र सनराइज फोकस्ड इक्युटी फन्डको शेयर चार प्रतिशतले बढेको छ ।
आज ४८ लाख ३८ हजार कित्ता शेयर एक अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको आठ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…


