तनहुँमा ४६ वर्षीया महिलालाई बलात्कार गर्ने २७ वर्षीय युवा पक्राउ
तनहुँ : ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१० खोरादी बस्ने २७ वर्षीय प्रकाश विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमाद र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam