कपिलवस्तुमा ट्रयाक्टर दुर्घट्ना २ जनाको मृत्यु, ५ जना घाईते

कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिकामा ट्रयाक्टर दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । चारनम्बरबाट कोपवा जाँदै गरेको लु ३ त ७२७२ नम्बरको ट्रयाक्टर कोपवा सडकखण्ड अगाडि अनियन्त्रित रुपमा बाटो तल पल्टिएको हो ।
घट्नास्थलबाट प्रहरीले दिएको जानकारी अनुसार दुर्घट्नामा परि ट्रयाक्टर चालक वाणगंगा १ उप्टहवा निवासी अन्दाजि ३५ बर्षिय रामु थारु र सोहि ठाउँका अन्दाजि १५ बर्षिय रन्जित बोटे माझिको मृत्यु भएको छ ।

२ जना गम्भिर घाईते वाणगंगा १ निवासी १७ वर्षिय जय ज्ञवाली र सोही ठाउँका १५ बर्षिय मनिस परियारलाई बुटवल रिफर गरिएको छ । अन्य ३ जनाको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भईरहेको कपिलवस्तु प्रहरीले जनाएकाे छ ।
रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ६१६ पुग्यो
भदौ १३, २०८३
काठमाडौ: रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय १६ पुगेको छ । नेपाल प्रहरीकाअनुसार आज बिहान ७ बजेसम्म ६…


