नागरिक सुरक्षा र सीमाको रक्षा सशस्त्र प्रहरी बलको प्राथमिकता: तिउसिना

सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हे क्वा कपिलवस्तुले सोमबार आफ्नो १८ औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका वरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

उक्त अवसरमा प्रमुख अतिथि तिउसिनाले सशस्त्र प्रहरी बलको पेसागत दक्षता र नागरिक सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले सीमाको रक्षा गर्नु गौरवपूर्ण कार्य भएको बताउँदै प्रहरी बललाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले अपराध नियन्त्रण र शान्ति सुरक्षामा सशस्त्र प्रहरी बलको महत्त्वपूर्ण भूमिका रहेकोमा प्रशंसा व्यक्त गरे। प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले पनि सशस्त्र प्रहरी बलले सीमा सुरक्षा र शान्ति स्थापनामा पुर्‍याएको योगदानको प्रशंसा गरे।

त्यसैगरी, सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेले जिल्लामा बलले गरेका विविध गतिविधि र उपलब्धिहरूको जानकारी प्रस्तुत गरे। वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरूको आयोजना गरिएको थियो, जसका विजेताहरूलाई सम्मानका साथ प्रमाणपत्र प्रदान गरिएको छ।

TOP