सूचीकृत पसलको बिमा र संघको पैसा फिक्स गर्छु : अध्यक्ष शर्मा
कृष्णनगर, ३ माघ ।
कपिलवस्तुकाे कृष्णनगर उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीहरूले बिहिबार सपथ ग्रहण गरेका छन् । संघकाे गत पुस १९ गते सम्पन्न निर्वाचनपछि नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका हुन् । मुख्य निर्वाचन अधिकृत ओम प्रकाश अर्यालले उनीहरुलाई पद तथा गोप्यनीयताको शपथ गराएका हुन् ।
नवनिर्वाचित अध्यक्ष रितेश शर्माले आफ्नो कार्यकालमा संघको सम्पत्ति व्यवस्थित गर्दै फिक्स गर्ने बताएका छन्
उनले सूचीकृत पसलहरूको अनिवार्य बिमा गराउने बताउँदै व्यवसायीहरूको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने र संघको पारदर्शिता कायम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
शपथ ग्रहण कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सनिउल्लाह धोबीले गरेका थिए ।नयाँ नेतृत्वलाई व्यवसायीहरूको हित र समृद्धिका लागि सक्रिय र प्रभावकारी भूमिका खेल्न थप ऊर्जा प्रदान गरेको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सेराज अहमद फारुकी, पूर्व राज्यमन्त्री ईश्वर दयाल मिश्र र वीरेंद्र कुमार कनोडिया, पूर्व सांसद तथा संविधान सभा सदस्य अभिषेक प्रताप शाह, पूर्व प्रदेश मन्त्री जानकी प्रसाद यादव र अर्जुन केसी, प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्की, मुस्लिम आयोगका सदस्य अरसद मिर्जा, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्ट, तथा अन्य विशिष्ट अतिथिहरू रामकुमार गुप्ता, विजय कुमार कनोडिया, जावेद खान, रविदत्त मिश्र, संजय गुप्ता, सुशील श्रीवास्तव, ब्रह्मानन्द उपाध्याय र राजेन्द्र केडियाकाे लगायतकाेे उपस्थिति थियाे ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam