रूपान्तरण अभियानले पार्टीभित्रको गुट उपगुट हटाउँछ : उपाध्यक्ष श्रेष्ठ
चितवन : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रूपान्तरण अभियानले पार्टीभित्रको गुट उपगुट तथा व्यक्तिवादको समस्या हल गर्ने बताएका छन्।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा पार्टीलाई रूपान्तरण र एकताबद्ध ढङ्गले अघि बढाउन सकिने बताए।
उनले माओवादी केन्द्रलाई बलियो बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियामा फड्को मार्न सकिने उल्लेख गरे। वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारको टीका टिप्पणी गरेर समय खेर नफाल्न आग्रह गरे।
शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा
भदौ १६, २०८३
१६ भदौ । कपिलवस्तुको शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न…



ghanashyam