सकियो कृष्णनगर ७ मा सञ्चालित १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम
कृष्णनगर, ५ फागुन ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-७ अजिगरामा सञ्चालित १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम समापन भएको छ । कृष्णनगर नगरपालिकाकाे आयाेजना र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालयकाे सहयोगमा उक्त तालिम सुरु भएको थियोे ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत माला पाेते चुरा बनाउने सीप विकास तालिम सञ्चालन भएको तालिमले आयआर्जनमा बृद्धि गर्ने उदेश्यले महिलालाई सीप विकास तालिम दिएको हाे ।
वडाभित्र रहेका गरिब, विपन्न वर्गका १५ जना महिलाहरु तालिममा सहभागी भएकाे आयोजनकले जनाएको छ । स्थानीय आवश्यकताहकलाई परिपुर्ति गर्दै सीपमुलक तालिम दिई उद्यमी बनाई उनीहरुको जीविकोपार्जनमा टेवा पुर्याउनका लागि सीप विकास तालिम सञ्चालनमा ल्याइएको हाे ।
तालिमलाई प्रशिक्षक प्रतिमा पन्त, विनिता केसी, चेतना बुढाथोकीले सहजीकरण गरेका हुन् ।
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam