ऐतिहासिक र पौराणिक महत्वका स्थलहरूको संरक्षण र प्रवर्द्धन गर्छौँ : प्रचण्ड
विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा रहेका ऐतिहासिक र पौराणिक महत्वका स्थलहरूको संरक्षण एवं प्रवर्द्धन गरिने बताएका छन्।
सुनसरीको बर्जु गाउँपालिका–६ स्थित बर्जुताल सिमसार विकास तथा संरक्षण समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले ‘जनतासँग माओवादी, तराई मधेस जनजागरण’ अभियानले मुलुकका विभिन्न क्षेत्रमा रहेका ऐतिहासिक स्थलको अवलोकन गरेको बताए।
आगामी दिनमा यस्ता महत्व बोकेका स्थलको विकास, संरक्षण र प्रवर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने योजना बनाइने जानकारी उनले दिए।
अध्यक्ष प्रचण्डले अभियानअन्तर्गत झापाको किचकवधसहित यहाँका अन्य महत्वपूर्ण क्षेत्र, मोरङको कानेपोखरी र आसपासका क्षेत्रमा रहेका ऐतिहासिक स्थलको विकाससम्बन्धी कार्यसूचीसमेत निर्माण गरेको जानकारी दिए।
उनले आफू गणतन्त्र नेपालको पहिलो पटक प्रधानमन्त्री हुँदा यस तालको विकासका लागि केही रकम छुट्याएको स्मरण गरे।
अध्यक्ष प्रचण्डले यस तालको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्दै थप भौतिक पूर्वाधार निर्माणमा आवश्यक सहयोगको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले ताल क्षेत्रको विकासबाट यहाँ पर्यटकीय गतिविधि वृद्धि हुनुका साथै स्थानीयको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सो अवसरमा पूर्वप्रधानमन्त्री प्रचण्डलाई ताल संरक्षण समितिका अध्यक्ष बिलटसिंह श्रेष्ठले तालको विकास, संरक्षण र प्रवर्द्धनको पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए।
थाहा खबर
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam