विकास निर्माण र स्रोत परिचालनलाई पारदर्शी बनाउनुपर्छ : मन्त्री दाहाल
काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्यसम्पादन, विकास निर्माण र स्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।
मन्त्रालयद्वारा आज भैरहवामा आयोजित बेरुजु फछ्र्यौटसम्बन्धीको कार्यशालामा उनले कार्यसम्पादनका क्रममा सकेसम्म बेरुजुनै आउन नदिन र आएको भए फछ्योटतर्फ ध्यान दिन आग्रह गरे।
मन्त्री दाहालले नागरिकले हरेक सेवामा सुशासन र पारदर्शीताको अपेक्षा गर्ने र सरकारलेसमेत आर्थिक अनुशासनलाई प्राथमिकता दिएकाले आफ्ना हरेक कामको उत्तरदायित्व निर्वाह गरेको बताए।
उनले भने, “कतिपय आयोजना समयमा पूरा नहुने, अलपत्र हुने तथा रुग्ण भएर बस्ने जस्ता समस्या देखिएको छ , त्यस तर्फ पनि हरेक कार्यालय र कर्मचारीले ध्यान दिनुपर्छ। ”
मन्त्री दाहालले सुरु गरिएका आयोजना तोकिएकै समयमा पूरा हुने गरी कार्यक्षेत्रमा परिचालित हुन कर्मचारीलाई सुझाव दिए। कर्मचारीको कार्यसम्पादनबाटनै नागरिकले सरकारको महसुस गर्ने भएकाले सरकारको आभाष दिलाउने गरी काम गर्न उनको आग्रह छ।
नेपालमा केही भएन, हुँदैन र हुनसकेन भन्ने जस्ता गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै मन्त्री दाहालले सरकारले गरेका काम, प्रभाव र परिवर्तन नागरिकसम्म पुर्याउन जरुरी रहेको बताए।
सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराको संयोजनमा भएको कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजना अलपत्र पार्ने, समयमा पूरा नगर्ने जस्ता कार्य अब हुन नदिने बताए।
सडक आयोजना निर्माण गर्दा सर्वसाधारणलाई सकेसम्म कम समस्या पर्ने र यातायात अवरुद्ध हुन नदिने गरी गर्नसमेत कर्मचारी तथा प्राविधिकलाई निर्देशन दिए। थाहा खबर
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…



ghanashyam