पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३
एजेन्सी: पाकिस्तानसँग युद्धविराम भएसँगै भारतले बन्द गरेका विमानस्थल संचालनमा ल्याएको छ।
दुई देशको तनाव बढेपछि गत मे ७ तारिखदेखि १५ मे सम्मका लागि ३२ वटा विमानस्थल बन्द गरिएको थियो। यद्यपि अवस्था सामान्यतर्फ उन्मुख भएपछि बन्द गरिएका सबै विमानस्थल तोकिएको समयअघि नै संचालनमा ल्याइएको हो।
एयरपोर्ट अथोरिटी अफ इन्डियाले प्रेस वक्तव्य जारी गर्दै ३२ विमानस्थल प्रयोग गर्नुअघि सम्बन्धित एयरलाइन्ससँग जानकारी लिन र नियमित अपडेटका लागि सम्बन्धित एयरलाइन्सको वेबसाइट हेरेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
इण्डिगो एयरलाइन्सले सामाजिक संजालमार्फत जानकारी दिँदै सेवा नियमित हुन भने केही समय लाग्ने भनेको छ। उसले यात्रुलाई अतिरिक्त समय राखेर यात्राका लागि विमानस्थल पुग्न पनि आग्रह गरेको छ। थाहा खबर
शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा
भदौ १६, २०८३
१६ भदौ । कपिलवस्तुको शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न…



ghanashyam