रवीन्द्र मिश्रका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई गैरकानूनीरूपमा थुनामा राखिएको भन्दै सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छिन्।
मिश्रलाई तीनकुने आन्दोलनमा जोडेर गत चैत १५ गते पक्राउ गरिएको थियो। उनलाई अनुसन्धान गर्ने नाममा सातपटक म्याद थपिएको छ। प्रहरीले उनीमाथि राज्य विप्लव, संगठित अपराध र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान भइरहेको भन्दै लगातार म्याद थप गराएको हो।
सारिकाले दिएको रिट आज दर्ता भएको छ। अदालतले वैशाख ३१ गते (भोलि) बिहान १० बजे अदालत उपस्थित हुन आउन गृहमन्त्रालयको नाममा तारेख जारी गरेको छ। रिट निवेदक कार्की राप्रपा नेता मिश्रकी पत्नी हुन्। थाहा खबर
शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा
भदौ १६, २०८३
१६ भदौ । कपिलवस्तुको शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न…



ghanashyam