ठूला सरकारी अस्पतालका आधा अर्बका स्वास्थ्य उपकरण बेवारिसे अवस्थामा
काठमाडौं : सरकारले महँगोमा स्वास्थ्य उपकरण खरिद गर्ने तर प्रयोगै नगरी थन्काएर राख्ने गरेको पाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानमा महँगो शुल्कमा उपकरण खरिद गर्ने तर प्रयोगै नगरी थन्काएर राख्दा त्यसै बिग्रिने अवस्था आइपुगेको हो।
यसरी खरिद गरेर प्रयोगै नगरी थन्काइएका झण्डै आधा अर्ब बराबरका चिकित्सा उपकरण प्रयोगविहीन रहेको पाइएको हो।
महालेखा परीक्षकको ६२ औं प्रतिवेदनका अनुसार देशका प्रमुख सरकारी विशिष्टिकृत अस्पताल तथा प्रतिष्ठानमा ४३ करोड ३८ लाख रुपैयाँभन्दा बढीका उपकरण प्रयोगविहीन रहेको उल्लेख गरिएको छ। विशेषगरी विशिष्टीकृत सेवा दिने ठूला संघीय अस्पतालहरुमा र विपी प्रतिष्ठानमा ती उपकरण बेवारिसे पारामा ती उपकरण थन्किएका हुन्।
यसरी उपकरण थन्किने अस्पतालहरुमा कोशी अस्पताल विराटनगरमा विगतमा खरिद गरिएका २ करोड ८ लाख ६५ हजार रुपैयाँ बराबरका भेन्टिलेटरलगायतका पाँच प्रकारका उपकरण प्रयोगविहीन अवस्थामा छन्। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेका ५ करोड ५९ लाख ४९ हजार रुपैयाँ बराबरका पोर्टेबल युएसजी मेसिन र ११ थान भेन्टिलेटर प्रयोगविहीन छन्।
यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले आफै खरिद गरेका र स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेका ४ करोड २९ लाख ६५ हजार रुपैयाँ बराबरका भेन्टिलेटर, पेसेन्ट मोनिटरलगायतका ७ प्रकारका उपकरण प्रयोगमा छैनन्।
विपीमै कोभिड-१९ का वेला स्थापना गरिएको १०० शय्यामध्ये २० शय्याको भेन्टिलेटरसहितको आईसीयु र सो अस्पतालमा रहेका अन्य उपकरण गरी २४ करोड ५१ लाख ५२ हजार रुपैयाँ बराबरका उपकरण अहिले प्रयोगविहीन छन्।
यसका साथै देशकै मुटु उपचार गर्ने एक मात्र सरकारी प्रमुख विशिष्टिकृत अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पनि उपकरणहरु प्रयोगविहीन अवस्थामा रहेका छन्। महालेखाको प्रतिवेदन अनुसार उक्त केन्द्रमा २ करोड २५ लाख रुपैयाँ बराबरको प्लाज्मा स्ट्रेलाइजर मेसिन उपयोगमा छैन।
यस्तै हाडजोर्नी सम्बन्धी एक मात्रै विशिष्टीकृत अस्पताल राष्ट्रिय ट्रमा सेन्टरमा करिब ६९ लाखमा खरिद गरेका मुटु रोगका लागि खरिद क्याथ ल्याब, २ करोड ५१ लाख ३२ हजार रुपैयाँ बराबरका १४ थान भेन्टिलेटर, ८६ लाख ११ हजार बराबरका ५ थान सी आर्म मेसिन र ९९ लाख ६६ हजार रुपैयाँका ब्याकमान काउल्टर मेसिन बिग्रिएर थन्किएको प्रतिवेदनमा छ।
यति मात्रै होइन स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन विभागले खरिद गरेको ३३ करोड ८५ लाख ४८ हजार मूल्यमा खरिद गरेको २०० वटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिन १९१ वटा वितरण गरिए पनि ९ वटा विभागमा थन्किएको छ।
स्वास्थ्य मन्त्रालयले निर्माण सम्पन्न नै नभएका ५, १० र १५ शय्याका आधारभूत स्थानीय तह अस्पतालको लागि खरिद गरिएका उपकरण ती अस्पताल निर्माण सम्पन्न नहुँदै खरिद गरी हस्तान्तरण हुँदा समयमा उपकरण प्रयोगमा नआउने तथा त्यसको वारेन्टी अवधिसमेत समाप्त हुने अवस्था रहेको छ। थाहा खबर
शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा
भदौ १६, २०८३
१६ भदौ । कपिलवस्तुको शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न…



ghanashyam