संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकियोः माओवादी सांसद मोदी

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले संसदीय समितिमा प्रतिपक्षलाई बोल्न रोकिएको भन्दै आपत्ति जनाएका छन्।

बिहीबारको सार्वजनिक लेखा समितिमा बोल्दै उनले समिति सभापतिसँग आपत्ति जनाएका हुन्। उनले संसद सार्वभौम हुने र सार्वजनिक विषयमा कुरा राख्न पाइने बताए।

आफूहरूलाई लागेको विषय समितिमा राख्दा रोक्न नमिल्ने भन्दै आफूहरू कसैको दास नभएको बताए। सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षको हुनुपर्ने दोहार्‍याए।

उनले सार्वजनिक लेखा समिति सभापतिमाथि सत्तापक्ष रहन्जेलसम्म प्रश्न रही रहने बताए। थाहा खबर

TOP