चालू आवको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस, आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने

काठमाडौँ : चालु आर्थिक वर्षकाे आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस भएकाे छ। अर्थमन्त्री विष्णु पौडेलले आव २०८१।०८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेस गरेका हुन्।

नेपालको आर्थिक, सामाजिक र भौतिक प्रगति समेटिएको आर्थिक सर्वेक्षण संसद्‍मा पेस गरिएको हो।

आर्थिक सर्वेण पेस गर्दै अर्थमन्त्री पौडेलले चालू आवमा नेपालको आर्थिक वृद्धि ४.६१ प्रतिशत हुने बताएका छन्। उनले मधेश, कोशी र सुदूरपश्चिमबाहेक ४ प्रदेशको औसत आर्थिक वृद्धि बढी हुने बताए।

चालू आवका ८ महिना र गत आर्थिक वर्षको समग्र आर्थिक अवस्था चित्रण गरिएको छ। यसअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान छ।

चालू आवमा कृषि २५.१६ प्रतिशत, उद्योगको १२.१६ प्रतिशत, सेवा क्षेत्रको ६२.१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ। प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १ हजार ५१७ अमेरिकी डलर पुगेको जानकारी दिएका छन्। थाहा खबर

TOP