लेदो पन्छाएर सञ्चालनमा ल्याइयो बीपी राजमार्ग

काठमाडौँ : पहिरो र लेदो पन्छाएपछि बीपी राजमार्ग सञ्चालनमा आएको छ। गएरातिदेखि अवरुद्ध सडक आज बिहान साढे ८ बाट पुनः सञ्चालनमा आएको प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका- ११ माम्तीस्थित सडकमा भेल आई कटान गरेको थियो। राजमार्गको रोशी- ९ स्थित खहरे खोला र बिरुवाडाँडामा लेदो आउँदा गए राति सडक अवरुद्ध भएको थियो।

स्थानीय जनप्रतिनिधिको समन्वय र प्रहरीको सहयोगमा जेसीभी प्रयोग गरी लेदो हटाएर सडक सञ्चालनमा ल्याइएको हो । थाहा खबर

TOP