आज भुटानसँग खेल्दै नेपाली महिला टोली
काठमाडौँ : बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौँ खेलमा नेपाल भुटानसँग भिड्दैछ। भुटानसँग नेपालको यो दोस्रो भेट हो । खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो। दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो। यस्तै श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७-० गोलअन्तरको जित निकालेको थियो।
भुटानले भने हालसम्म नेपालसँग एक खेलमा तथा बंगलादेशसँग दुई खेलमा हार बेहोरेको छ। श्रीलंकालाई भने हराएको छ ।
प्रतियोगितामा बंगलादेश ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा छ भने चार खेलमा ९ अंक भएको नेपाल दोस्रोमा छ। ३ अंक मात्र भएको भुटान तेस्रो स्थानमा छ।
चार टोली सहभागी च्याम्पियनसिप ‘डबल राउण्ड रोबिन फर्म्याट’मा खेलाइएको छ । थाहा खबर
बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला
भदौ १६, २०८३
काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यलयका अनुसार…



ghanashyam