एमालेकी सांसद सुब्बाको व्यङ्ग्य ‘ऊर्जा र वन मन्त्रालयको भेट कहिल्यै हुँदैन’
काठमाडौँ : नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जलविद्युत् परियोजना निर्माणका सन्दर्भमा ऊर्जा, जलस्रोल तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको बीचमा समन्वय नहुने गरेकोमा प्रश्न उठाएकी छन्।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आइतवार बसेको बैठकमा भएको हाइड्रोपावरको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका समस्या सम्बन्धी छलफलमा उनले प्रश्न उठाएकी हुन्।
उनले व्यङ्ग्य गर्दै ऊर्जा र वन मन्त्रालयको भेट हुँदैन कि जस्तो लाग्न थालेको बताइन्। ‘सिंहदरबार भित्रै छ, भेटघाट चाहिँ किन नभएको होला ?’ भन्ने उनको प्रश्न थियो। उनले मन्त्रालयले आयोजना बनाउन दिएपछि अड्काउन नहुनेमा जोड दिइन्।
दुईवटा मन्त्रालयको समन्वयमा कहाँ रूख काट्न मिल्छ, कहाँ मिल्दैन, कहाँ सुरुङ खन्न मिल्ने हो भन्ने संयुक्त अनुगमन गरेर परियोजना निर्माण गर्न दिन उनले आग्रह गरिन्।
सुब्बाले भनिन्‚ ‘ऊर्जा मन्त्रालय र वन मन्त्रालयको भेट हुँदैन कि जस्तो लाग्न थाल्यो। सिंहदरबार भित्रै छ, भेटघाट चाहिँ किन नभएको होला ? योजना बनाउन दिने हो भने दुईवटा मन्त्रालय बीचको समन्वयमा कहाँ रूख काट्न मिल्छ, कहाँ मिल्दैन। कहाँ सुरुङ खन्न डाँडो पर्छ, पर्दैन भन्ने कुरा अनुगमन पनि यो मन्त्रालयले संयुक्त गर्नुपर्यो।’
बाधा अड्चन हालेर परियोजना निर्माण रोकेर लक्ष्य हासिल गर्न नसकिने उनको भनाइ छ। थाहा खबर
शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा
भदौ १६, २०८३
१६ भदौ । कपिलवस्तुको शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा सम्पन्न भएको छ। समूहका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न…



ghanashyam