रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालय बनाउँदै ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिपार्टमेन्ट अफ डिफेन्स भनिने रक्षा मन्त्रालयको नाम परिवर्तन गरेर युद्ध मन्त्रालय बनाउने तयारी गरेका छन्। उनले शुक्रबार एक आदेशमा हस्ताक्षर गरी मन्त्रालयको नाम परिवर्तन गर्न लागेका हुन्।
मन्त्रालयको नाम परिवर्तन गरेसँगै अमेरिकी सेनाको शक्ति र सामर्थ्यबारे मानिसलाई जानकारी हुने ट्रम्पले बताएका छन्। तर मन्त्रालयको नाम आधिकारिक रूपमा परिवर्तन गर्नका लागि भने संसदबाट कानून पारित गर्नुपर्छ। समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी रक्षा मन्त्रालय सन् १९४९ सम्म युद्ध मन्त्रालयकै रूपमा थियो। दोस्रो विश्वयुद्धपछि संसदले स्थल सेना, जल सेना र वायु सेनालाई एउटै संरचनामा ल्याएर मन्त्रालयको स्वरूप परिवर्तन गरिएको थियो।
परमाणु युगमा अमेरिका युद्ध गर्न होइन, रोक्न चाहन्छ भन्ने सन्देश दिनका लागि यस्तो निर्णय लिइएको थियो। तर अहिले नोबेल शान्ति पुरस्कारका लागि लालायित राष्ट्रपति ट्रम्पले भने सैन्य शक्ति प्रदर्शन गर्न मन्त्रालयको नाम परिवर्तन गर्न लागेका हुन्। यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुवियोले आवश्यक परे विदेशी आपराधिक समूहहरू समाप्त पारिदिने चेतावनी दिएका छन्। थाहा खबर
नागढुंगा-नौबिसे सडक खण्ड भासियो
भदौ १७, २०८३
१७ भदौ, काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड भासिएको छ । नागढुंगा नजिकै पातले वनमा सडक भासिएको धादिङ सडक विभागले जनाएको…



ghanashyam